अर्थ खबर

स्यानिटरी प्याडको भन्सारमा शुल्क ९० प्रतिशतले कटौती

१५ जेठ, काठमाडौं। सरकारले स्यानिटरी प्याडको आयातमा भारी मात्रामा भन्सार कटौती गरेको छ। आइतबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जर्नादन शर्माले यस्तो भन्सार शुल्क ९० प्रतिशतले घटाइएको जानकारी दिए।

चालु आर्थिक वर्षसम्म महिलाहरु महिनावारी भएका बेला प्रयोग गर्ने स्यानिटरी प्याड आयातमा १५ प्रतिशत भन्सार महशुल लाग्दै आएको थियो। यस्तै नेपालमै स्यानिटरी प्याड उद्योग खोल्न चाहने कम्पनीलाई ७ बर्षसम्म आयकरमा छुट, कच्चापदार्थ आयातमा सहुलियत दिने अर्थमन्त्री शर्माले घोषणा गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>