राजनीतिस्थानीय

त्रियुगा नगरपालिकामा प्रमुखमा कांग्रेसका वसन्त बस्नेतको जित पक्का

१६ जेठ, उदयपुर। त्रियुगा नगरपालिकामा प्रमुखमा कांग्रेसका वसन्त बस्नेतको जित पक्का भएको छ।

३८ हजार ३७४ मतगणना हुँदा बस्नेतले १३,२६३ मत ल्याएर जित पक्का गरेका हुन् ।दोस्रो स्थानमा रहेका एमालेका भागवत राउतको ११,२३२ मत छ। राउतको भन्दा बस्नेतको मत २०२३ ले बढी छ। जबकि गणना हुँन बाँकी १८०५ मात्रै छ। यस्तै, तेस्रोमा रहेका नेकपा (एकीकृत समाजवादी)का बलदेव चौधरीको ८, ८९९ मतमात्रै छ।

उपमेयरमा भने एमालेकी महेश्वरी राईको अग्रता रहेको छ। उनले १२, ८७६ मतका साथ अग्रता कायम राखेकी छन् भने कांग्रेसकी सरिता राई ११,४५१ मतका साथ दोस्रो स्थानमा छन्। अहिले वडानम्बर १० र ११ को गणना जारी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>