कर्णाली प्रदेशसमाचारस्थानीय

मुगुमा अविरल बर्षाले पहिरो आउदा ४०० घर बगाए, अझै गाउहरु जोखिममा

काठमाडौँ। ६ दिनबाट अविरल बर्षाले मुगु जिल्लाको राेबा भेगमा पर्ने छायानाथ रारा नगर पालिका ११ -१० -१२ मा पहिरोको कारण लगभग ४०० घर बगाएको छ। भने १५-१६ जना मानब क्षति भएको छ। अझै कति गाउहरु पहिरोले सरेकोले तत्काल उद्धार गर्नको लागि स्थानीयले फोन मार्फत आब्हान गरेको जानकारी छ।

राेबा गाउमा १४० घर, रेङ्चाकाटीमा ७९ घर, सालिममा ७६ घर, चरापमा ८३ घरहरु बगाएका छ। स्थानियले टेलिफोन मार्फत बताए अनुसार १५ १६ जना मानव क्षेति भएको जानकारी छ। अहिले जिल्लाको र स्थानीय संचारको माध्यम फोन, नेट साथै जिल्ला प्रशानमा पनि फाेन सम्पर्क नहुदा समोन्नय हुन नसकेको स्थानीय दधिराम कुमाइले एम बि खबरलाई जानकारी गराउनु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>