धर्मपरिर्वतन गरेको भन्दै जेल हाल्नु लोकतन्त्र बिपरित : मुख्यमन्त्री पाण्डे

काठमाडौँ। बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेले धर्म परिर्वतन गरेको भनेर जेल हाल्नु लोकतन्त्र बिरोधि भएको बताउनु भयो। नेपाल ख्रिष्ट्रियन समाज बागमती प्रदेश र मकवानपुर ईसाई समाजको संयुक्त आयोजनामा भएको ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले जनताको ठूलो त्यागबाट गणतन्त्र र धर्म निरपेक्ष राष्ट्र निर्माण भएको बताउनु हुँदै धर्म परिर्वतन गरेको भनेर जेल हाल्नु सरासर गलत भएको टिपणी गर्नु भएको थियो।
उहाँले यस विषयमा प्रदेश सरकार गम्भिर रहेको र केन्द्रमा समेत यस बिषयमा आवाज उठाउने भन्दै सरकारले कुनै पनि धर्मप्रति भेदभाव नराखेको बताउनुभएको छ। उहाँले धर्म र संस्कृतिको हिसाबले अरु देश भन्दा नेपाल पृथक र विशिष्ट रहेकोे उहाँको भनाई रहेको थियो। उहाँले भन्नु भयो,“हाम्रो नेपाली समाज अरु देशको भन्दा पृथक र छुट्टै पहिचान बोकेको छ,सबै जातजाति, क्षेत्र, वर्ग र समुदाय बीच घनिष्ठ सम्बन्ध रहेको छ, हामी सयौँ जातको फुलबारीको हो भन्ने देशलाई फुलबारीको रुपमा विकास गर्नु पर्छ ।”
धर्मका कारण अशान्तिको युगतर्फ यो देशलाई फर्काउनु हुँदैन, दमनबाट देशमा शान्ति हुँदैन, हामी एक अर्कामा मिलेर बस्नु पर्छ यही नै हाम्रो विशिष्टता हो”उहाँले भन्नुभयो। नेपाल धर्म निरपेक्ष राष्ट्र हो र सरकारले कसैप्रति भेदभाव राख्दैन भन्नुभयो। कुनै पनि धर्मप्रति राज्यको हस्तक्षेप नभएको र जसलाई जुन धर्मप्रति आस्था र विश्वास छ, त्यो मान्न सकिने उहाँको भनाइ थियो। ईसाईहरुको समस्याको रुपमा रहेको दाह सस्कार अर्थात चिहानको अभावको विषयलाई प्रदेश सरकार गम्भिर रहेको भन्दै यो समस्या चाँडै हल हुने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो।
यस्तै हेटौँडा उपमहानगर पालिकाका मेयर हरिबोल महत, नेपाल ख्रिष्टियन समाजका महासचिव डिल्लीराम पौडेल, हेटौँडा उपमहानगर पालिकाका उपमेयर मिना लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टर राजेश प्रसाई, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुरेन्द्र बहादुर गुरुङ, सि.टि.ई.भि.टि.बागमती प्रदेश प्रमुख तौलेन्द्र आचार्य, लगायतको आथित्यता रहेको थियो। हजुरको खबर




