अवतार २ बन्यो छिटो १ अर्ब डलर कमाउने

काठमाडौं। ‘अवतार : द वे अफ वाटर’ले १४ दिनमा विश्वव्यापी एक अर्ब डलर (एक बिलियन) व्यापार गरेको छ, जुन यस वर्ष छिटो उक्त कोसेढुंगा पार गर्ने फिल्म समेत बनेको छ।
वर्ष २०२२ मा रिलिज भएका तीन फिल्मले मात्र एक अर्ब डलरको आँकडा पार गर्न सकेका छन्, जसमा ‘टपगन : माभेरिक’ (३१ दिनमा), ‘जुरासिक वल्र्ड डोमिनियन’ले (चार महिना)मा उक्त सफलता हासिल गरे। सन् २०१९ मा रिलिज भएका नौ फिल्मले मात्र विश्व बक्स अफिसमा एक बिलियन डलर कमाइ गरेका थिए।
सन् २०२१ को ‘स्पाइडरम्यान : नो वे होम’ले १२ दिनमै उक्त आँकडा हासिल गरेको थियो। हलिउड इतिहासमा जम्मा ६ फिल्मले मात्रै रिलिजको पहिलो दुई हप्तामा एक अर्ब डलर कमाइ गरेका छन्। १३ वर्षको लामो अन्तरालपछि रिलिज भएको जेम्स क्यामरुनको ‘अवतार २’ले उत्तरअमेरिकामा १३४ मिलियन डलर र विश्वव्यापी रूपमा ४३५ मिलियन डलरसहित मध्य डिसेम्बरमा ओपनिङ गरेको थियो।
हालसम्म डिज्ने र ट्वेन्टिथ सेन्चुरी फक्सका फिल्मले उत्तरअमेरिकामा ३१७.१ मिलियन र विदेशमा ७१२.७ मिलियन डलर कमाएका छन्, जसको विश्वव्यापी कुल कमाइ १.०२५ बिलियन डलर पुग्छ। यस वर्ष दोस्रो धेरै कमाउने फिल्म चाहिं ‘जुरासिक वर्ल्ड डोमिनियन’ बन्यो, जुन कोरोना महामारीपछि तेस्रो धेरै कमाउने फिल्म बन्यो।