अर्थ खबर

देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात हो : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको अवस्थालाई लिएर अनावश्यक राजनीति गर्न खोजिएको आरोप लगाएका छन्।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वअर्थमन्त्रीहरूसमेत रहेका एमाले नेताहरूले दिएका अभिव्यक्तिप्रति लक्षित गर्दै उनले मुलुक श्रीलंकाजस्तो हुन्छ भन्नु राष्ट्रघात भएको बताए। एमाले अध्यक्ष ओलीले आइतबार शिक्षक संगठनको राष्ट्रिय सम्मेलनमा बोल्दै मुलुक श्रीलंकाजस्तो हुन लागेको र वृद्धभत्ता दिन नसक्ने अवस्था रहेको बताएका थिए।

‘अहिले देशको अर्थतन्त्र हेर्नुस् त, श्रीलंका बन्न जाँदैछ। शिक्षकहरुले तनखा र जेष्ठ नागरिकले भत्ता पाएनन् भने अनौठो नमान्नु होला, दिन सक्ने अवस्था छैन’, ओलीले भनेका थिए। ओलीका भनाइलाई अर्थमन्त्री शर्माले अफवाह भनेका छन्। ‘यस्ता अफवाह जोड्दै जोड्दै देश श्रीलंका हुन्छ भन्नेतिर लैजान खोजिँदैछ, त्यो राष्ट्रघात हो,’ अर्थ मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै उनले भने, ‘देशलाई राम्रो बनाउनुपर्‍यो नि, देशलाई श्रीलंका बनाउन उहाँहरूलाई किन चासो भइरहेको छ? मलाई अचम्म लाग्छ।’

उनले स्थानीय तह चुनावका लागि बजेटको अभाव नहुने बताए। ‘चुनावका लागि हामीले बजेटको व्यवस्था गरेका छौं। जुन दिन चाहिन्छ त्यही दिन भुक्तानी दिन सकिन्छ,’ उनले भने, ‘आजै पनि ट्रेजरीमा ६७ अरब पैसा छ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>