मनाेरञ्जन
नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा नीति शाह

नेपाल टेलिकमले चर्चित मोडल तथा नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । एक कार्यक्रमका बिच प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र शाहले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
ब्रान्ड एम्बेसडरको रूपमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका आम ग्राहकवर्गमा कम्पनीले हाल प्रदान गरिरहेका विभिन्न सेवा–सुविधा तथा कम्पनीको ब्रान्ड प्रवर्धन सम्बन्धी कार्यमा भूमिका निर्वाह गर्नु हुनेछ ।




