मृत्यु ‘दफन’ सेवाको लागि जग्गा उपलब्ध

शंकर दत्त भट्ट, ललितपुर। सिन्धुपाल्चोक स्थित बलेफी गाउँपालिका – ७ मा रहेको सार्बजनिक बन इसाई धर्मावलम्बीहरुको दाहसंस्कारको लागि बलेफी गाउँपालिकाले उपलब्ध गराएका छन्।
सिन्धु इसाई केन्द्र बलेफीको लामो समयको प्रार्थना र पहल पछि स्थानीय बलेफी गाउँपालिकाले इसाई धर्मावलम्बीहरुको अतिनै महत्वपुर्ण मृत्यु पछिको दाहसंस्कार(दफन)को लागि सोहि वडा -७ अवस्थित अरनीको राजमार्ग बाट दक्षिन तर्फ़ तिरतिरे खोल्चा माथि रहेको कित्ता नम्बर ३२८ मा रहेको सार्बजनिक बन दाहसंस्कारको लागि बलेफी गाउँपालिकाले उपलब्ध गराएका छन्।

नेपाली इसाई जगतमा मृत्यु संस्कारलाई निकै महत्वको साथ हेरिन्छ। बिगत लामो समयबाट राष्ट्रिय स्तरमा पनि उक्त मुद्दा उठ्दै आएको छ। यो स्थानीय तहको असल प्रयासले निकै नै राम्रो संदेश दिएको सिन्धु इसाई केन्द्र बलेफीले फेसबुक पोस्ट मार्फत जानकारी गराएको छ। फोटो साभार : सिलास रम्तेल




