भिडियो

पल र वर्षाको ‘छलक छलक छल्क्यो माया’

दिपक सिलवालको शब्द तथा संगीतमा समावेश ‘छलक छलक छल्क्यो माया’ बोलको गीत सार्वजनिक भएको छ ।

शिव परियार र निरुषा भट्टराइको स्वर रहेको यो गीतको म्यूजिक भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् । यो गीतको भिडियोमा पल शाह, वर्षा राउत र शिशिर भण्डारीले अभिनय गरेका छन् । यो भिडियोमा रोमान्स, डान्स र एक्सन हेर्न सकिन्छ ।निर्देशक बिष्टले दर्शकले चलचित्र नै हेरेको आभाष भिडियो हेर्दा गर्ने बताए ।

गीतकार सिलवालले गीतले वैशालु उमेरमा यूवा–यूवतीको प्रेमभाव प्रस्तुत गरेको बताए । भिडियोमा संजय थापा र शुक्रराज शाहको एक्सन निर्देशन, नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>