भिडियो

अञ्जु पन्तको ‘अब छाडेर जाने कुरा नगर’ सार्वजनिक

३ फागुन, काठमाडौं। गायिका अञ्जु पन्तले नयाँ गीत सार्वजनिक गरेकी छन्। हाल अमेरिकामा रहेकी अञ्जुले सोमबार भ्यालेन्टाइन डेको अवसर पारेर ‘अब छाडेर जाने कुरा नगर’बोलको प्रेमगीत सार्वजनिक गरेकी हुन्।

भ्यालेन्टाइन स्पेसल भनेर सार्वजनिक गरिएको गीतको भिडियोमा अञ्जु श्रीमान थिर कोइरालासँग प्रस्तुत छिन्। भिडियोमा उनीहरुको विवाहको दृश्य समेत समावेश गरिएको छ। अन्जु र थिरले गत वर्ष विवाह गरेका हुन्। गीतमा गोबिन्द हुमागाईंको शब्द, कर्मा ग्याल्जेन बोमजनको संगीत र फणिन्द्र राईको एरेन्ज छ।

लक्ष्मण दियालीको परिकल्पना, निर्देशन तथा सम्पादन रहेको म्युजिक भिडियो ‘अन्जु पन्त अफिसियल’युट्युब च्यानलमा सार्वजनिक गरिएको हो। भिडियोलाई नरेन्द्र लोहनीले खिचेका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>