भिडियो

‘ए मेरो हजुर ३’ युटुबमा रिलिज

हलमा रिलिज भएको डेढ बर्षपछि चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज भएको छ । झरना थापाको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा र कलाकार सलोन बस्नेतको मुख्य भूमिका छ ।

चलचित्रले हलमा सुपरहिटको व्यापार गरेको थियो । यो चलचित्रमा नायक अनमोल केसी सुपरस्टार गायकको भूमिकामा देखिएका छन् । यस्तै, नायिका सुहाना थापालाई भने उनको फ्यानको भूमिकामा देखाइएको छ ।

युटुबमा आउनु अगाडि चलचित्रलाई विदेशमा, टीभीमा पनि रिलिज गरिएको थियो । युटुबमा पनि यो चलचित्रलाई दर्शकले मन पराउने विश्वास निर्माणपक्षको छ । चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज भैरहँदा यसको निर्माणपक्षले ‘ए मेरो हजुर ४’को छायांकन सुरु गरिसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Check Also
Close
Back to top button
भाषा >>