दुइ दिने “फेमिली बेस केयर वोर्कसप” सम्पन्न

मकल राई, चितवन। २८ फागुन २०७७, बालबालिकाहरुको बिचमा कामगर्ने अधिकारकर्मी र बालगृहहरुको संचालकहरुका सहभागितामा दुइ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
के एफ टि नेपाल लगाएतका संस्थाहरुको योजनामा “पारिवारिक बातावरणमा बालबालिकाहरुलाई कसरी केयर गर्न सकिन्छ ?” भन्ने विषयक कार्यशालामा के एफ टि नेपालको राष्ट्रिय संयोजक अधिबक्ता भविन्द्र राई, अधिबक्ता डा मदन थापा, ग्लोबल फेमिलीको राष्ट्रिय निर्देशक सुरेन रसाइली र बेथानी भिजनका कार्यक्रम ब्याबस्थापक प्रमिला नेपालीले सहभागीहरुको बिचमा सिकाउनु भएको थियो।

होटल शुभम एण्ड होस्पिटालिटी मा सम्पन्न कार्यशाला २७ फागुन बिहान ८ बजेबाट २८ फागुन दिउसो ३ बजे सम्म कार्यशाला सम्पन्न भएको थियो। आयोजक किपिङ्ग फेलिली टुगेदर (के एफ टि) नेपालका राष्ट्रिय संयोजक अधिबक्ता भविन्द्र राई ज्युका अनुसार कार्यक्रममा विभिन्न बालगृहका संचालक,ब्यबस्थापक कर्मचारी लगायत बालबालिकाहरुका क्षेत्रमा कामगर्ने अधिकारकर्मीहरुको सहभागिता रहेको जानकारी छ।
कार्यक्रमको उत्तरार्धमा बालगृहहरुको महासंघको चितवन जिल्ला अध्यक्ष बिष्णु परियारको संयोजकत्वोमा क्षेत्रिय के एफ टि नेपालको ९ सदस्यीय कार्यदल गठन भएका छन्। सदस्यहरु निम्नानुसार छन्।
१ संयोजक बिष्णु परियार
२ सरोज आचार्य
३ बसुन्धरा सापकोटा
४ सिंग बहादुर तामांग
५ थोमस चौधरी
६ प्रेम थापा
७ दामोदर देवकोटा
८ कल्पना सेन्चुरी
९ निशा सिंह परियार

कार्यशालामा भरतपुर महानगरपालिका उपमेयर पार्वती शाह ठकुरीले सहभागीहरुलाई प्रमाणपत्र बितरण साथै सुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो, भने के एफ टि नेपालका राष्ट्रिय संयोजक राईले सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन भएको थियो।




