राजनीति

जसपामा प्रधानमन्त्रीमा दाबी गर्नेबारे छलफल

जनता समाजवादी पार्टी नेपाल(जसपा) ले सरकारको नेतृत्वका लागि दाबी गर्ने तयारी गरेको छ । सत्ता समीकरणका लागि दुई खेमामा विभाजित जसपाका नेताहरुबीच बुधबार भएको कुराकानीमा यो विषयले प्रवेश पाएको हो ।

आन्तरिक द्वन्द्वका कारण जसपाका अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच सम्वादहीनताको अवस्था सिर्जना भएपछि अध्यक्ष डा. भट्टराईले आज अध्यक्ष ठाकुर र अन्य नेताहरुसँग पार्टी कार्यालय बबरमहलमा छलफल गरेका छन् । छलफलमा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई लगायत थिए । केपी ओलीलाई बहिर्गमनका लागि जसपाले वैकल्पिक सरकार दिनुपर्ने र त्यस दिशातर्फ छलफल अगाडि बढाउनुपर्ने प्रस्ताव अध्यक्ष भट्टराईले गरेको स्रोतले जनाएको छ ।

यस विषयमा एकपटक माओवादी केन्द्र र काँग्रेससँग छलफल गर्ने अध्यक्ष भट्टराईको प्रस्ताव थियो । त्यसको जवाफमा अध्यक्ष ठाकुरले तटस्थ बस्ने भनिसकेपछि सरकार र सत्ताका बारेमा कुनै पनि छलफल नगर्ने भनेका थिए । जसपाले देशको नेतृत्व गर्ने भएपछि त्यसका लागि एकपटक प्रयास किन नगर्ने भन्ने डा.भट्टराईको तर्क थियो । त्यसपछि ठाकुरले हुन्छ, एकपटक कुरा गरौं कुरा गर्दैमा केही बिग्रिँदैन भनेको स्रोतले बतायो । परिषदका अध्यक्ष भट्टराईले छलफल जारी रहेको विकल्प दिनका लागि एकीकृत निर्णय गराउन हरेक कोणबाट छलफल भइरहेको र भोलिसम्म एउटा निष्कर्षमा पुग्ने प्रतिकृया दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>