मनाेरञ्जन

‘वीर विक्रम २’ हिन्दी भाषामा

नेपाली बक्स अफिसमा औसत व्यापार गरेको चलचित्र ‘वीर विक्रम २’लाई हिन्दी भाषामा पनि प्रदर्शन गर्ने तयारी यसको निर्माण पक्षले गरेको छ ।

निर्देशक मिलन चाम्सले चलचित्रको क्लिप्स सामाजिक संजालमा शेयर गर्दै कोरोना महामारी जारी रहेको खण्डमा हिन्दी भाषमा डबिङ गरिएको चलचित्रलाई युट्युबबाट रिलिज गर्ने जानकारी दिएका छन् । दुई वर्ष अगाडि नै चलचित्रलाई हिन्दी भाषामा डब गरिए पनि कोरोनाका कारण भारतमा रिलिज गर्न नपाएको उल्लेख गर्दै मिलनले युट्युबमा भए पनि रिलिज गर्ने बताए । पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटी अभिनीत यो चलचित्रले मित्रताको कथा भन्छ ।

नेपालमा औसत व्यापार गरेको यो चलचित्रले हिन्दी भाषामा दर्शकको साथ कस्तो पाउने हो त्यो भने हेर्न बाँकी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>