मनाेरञ्जन
कलाकार घले सबारी दुर्घटनामा, गम्भीर घाइते

काठमाडौँ। कलाकार कल्याण घले सबारी दुर्घटनामा परेका छ्न। पोखराबाट काठमाडौ आउने क्रममा धादिङको बैरेनी चोकमा घले सबारी दुर्घटनामा परि गम्भीर घाइते भएका हुन। केहीदिन अघि भएको यो दुर्घटना पछि अस्पतालको बसाइ सकेर हाल उनी आफ्नै निवासमा बेड रेस्टमा रहेको उनका दाजु किशोर घलेले जानकारी दिएका छन्।
कल्याणले दर्जन भन्दा बढी म्युजिक भिडियो, बिज्ञापन तथा आधा दर्जन चलचित्रमा काम गरिसकेका छन्। उनको प्रमुख भुमिकामा रहेको चलचित्र बदला रिटर्नस प्रदर्सनको संघारमा रहेको निर्देशक एन्टिना घनश्याम तिमल्सिनाले जानकारी गराउनुभएको छ। दुर्घटनाबाट कलाकार घलेको हात,खुट्टा ,टाउको लगायत ठाँउमा चोट लागेको छ।




