भिडियो

“मेरो झण्डा फरफराउँछ” भिडियाे सार्वजनिक

काठमाडौं/१८ मंसिर–राष्ट्रिय धरोधर संरक्षणका अभियान्ता राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीतकाे भिडियाे सार्वजनिक भएकाे छ।

विगत लामो समयदेखि राष्ट्रिय पोशाक र राष्ट्रिय झण्डाको संरक्षणका लागि आवाज उठाउँदै आएका माण्डव्यले लेखेको यो गीतमा राष्ट्रिय झण्डाको महत्वलाई दर्शाउन खोजिएको छ । गीतमा रमेश सेन्चुरीले रेकर्डिङ र मिक्सिङ भरेका छन् । गीतमा माण्डव्य र तिलक बस्नेत बस्नेत दुवैको स्वर सुन्न सकिन्छ। सन्चु थोकरको छायांकन रहेको गीतको भिडियो निर्देशन गोविन्द राईले गरेका छन्। गीतको भिडियोमा वरिष्ठ संगीतकार शिला बहादुर मोक्तान, गायिका कुन्ती मोक्तान, सुरवीर पण्डित, पूर्व प्रहरी सुपरिवेक्षक सुदिप आचार्य, राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनलगायतका व्यक्तिहरुलाई देख्न सकिन्छ।

निर्देशक राईले राष्ट्रिय गीत भएकाले अन्य भिडियाेभन्दा फरक तरिकाले भिडियाे बनाएकाे बताए। भिडियाेमा झण्डाकाे महत्व बुझाउन हरेक क्षेत्रका व्यक्तित्वलाई आफूले समेट्ने प्रयास गरेकाे उनकाे भनाइ छ। राष्ट्रिय झण्डाकाे जन्म आजभन्दा २५०० वर्ष अघि भएकाे बताउँदै उनले भने, “झण्डाकाे संरक्षण र महत्त्वकाे बारेमा बुझाउन यस गीतले उल्लेख्य भूमिका खेल्नेछ।” संचारकर्मी प्रेम बानियाले देशको झण्डा स्वाभिमानको प्रतिक हो त्यसमात्रै नभएर स्वाभिमनको बचाउ गर्न हामी आत्मनिर्भर रहनुपर्ने धारणा राख्नुभयो। गायक माण्डव्यले राष्ट्रिय झण्डाकाे महत्व बुझाउन सुरु गरेकाे अभियानलाई स्मरण गर्दै भने, “जसले जस्ताे मन लाग्छ त्यस्तै झण्डा बनाउने गरेका छन्। यसले हाम्राे झण्डाकाे गरिमा र महत्वलाई घटाउँछ ।” झण्डा हाम्राे गाैरव भएकाले यसकाे संरक्षण गर्नु हामी सबैकाे कर्तव्य भएकाे उनले बताए।

यसैगरी, पूर्वमन्त्री लालबाबु पण्डितले राष्ट्रिय गीतलाई स्वाभिमानका साथ उठाउन निरन्तर आफू लागि पर्ने बताए। गीतबाट नाफा घाटा नहेरी राष्ट्रकाे निम्ती यस्ता गीत बन्नु पर्ने उनकाे भनाइ छ। मेरै पहलमा क्याबिनेटले सबैले झण्डा फरफराउन पाउने गरी खुल्ला गरिएकाे उनले दाबी समेत गरे। यस्तै, पूर्वमन्त्री हृदयेस त्रिपाठीले आधुनिकतालाई हामीले स्विकार गर्नुपर्ने बताउँदै आफ्नाे माैलिकता नबिर्सन आग्रह गरे । “हाम्राे देश बहुजाति, बहुभाषी हाे सबै मिलेर बस्नु पर्छ। एकले अर्काकाे अस्तित्वलाई स्विकार गर्नुपर्छ, उनले भने।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>