मनाेरञ्जन

बलिउड गायक तथा संगीतकार बप्पी लहरीको निधन

बलिउडका चर्चित संगीतकार तथा गायक बप्पी लहरीको निधन भएको छ। लहरीको ६९ वर्षको उमेरमा मुम्बईस्थित क्रिटी केयर अस्पतालमा मंगलबार राती ११ बजे निधन भएको हो।

दुई पटक कोरोना संक्रमण भएर निको भएका उनी लामो समयदेखि अस्वस्थ थिए। चिकित्सकका अनुसार उनी ओएसएका विरामी थिए। बलिउडमा आफ्नो पचास वर्ष लामो करियरमा ६ सय ५० भन्दा बढि फिल्म तथा सयौं गीति एल्बममा संगीत दिइसकेका बप्पी लहिरी संगीतकारका साथै गायक पनि हुन्।

उनले सन् १९७०-८० को दशकमा फिल्ममा डिस्को थीमवाला कयौं गीत दिएका थिए। उनले ‘चलते चलते’, ‘डिस्को डान्सर’ र ‘शराबी’ जस्ता लोकप्रिय गीत बलिउडलाई दिएका छन्। उनले अन्तिम गीत सन् २०२० मा फिल्म ‘बागी ३ ’का लागि गाएका थिए। बप्पी लहरीको जन्म सन् १९५२ नोभेन्बर २७ मा पश्चिम बंगालको जलपाईगुडीमा भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>