राजनीति

मन्त्रिपरिषद्‍मा हेरफेर भए हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

८ चैत, जनकपुरधाम। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका छन्।

मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने,‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक रुपमा टुंगिएको छैन’,उनले अघि भने,‘केही मन्त्रालय हेरफेर हुने सम्भावना छ,केही नयाँ आउने सम्भावना छ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाधिवेशनसम्मका लागि भनेर सहयोग मागेको र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भर्खर नयाँ पार्टी बनाएको छु भनेकाले माओवादीले उनीहरुलाई धेरै मन्त्रालय दिएर सहयोग गरेको उनको दाबी छ।

‘हिजो प्रधानमन्त्रीले आफ्नो पार्टीको महाधिवेसनसम्म सहयोग गर्नुपर्‍यो भन्नुभएकै हो। माधवजीले म त भर्खर नयाँ पार्टी बनाएको मलाई साह्रै दुःख छ,मलाई सहयोग गर्नुपर्‍यो भनेपछि गठबन्धनमा माओवादीले नै सकेजतिको सहयोग गरेको छ’उनले भने,‘अहिले मन्त्रिपरिषद्‍मा हेरफेर भएमा हैसियत अनुसार मन्त्रालय चाहिन्छ। त्यसका लागि प्रधानमन्त्री पनि तयार हुनुभएको छ।’ उनका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुसँग आफ्नो कुराकानी भइरहेको जानकारी प्रधानमन्त्रीले गठबन्धनमा आवद्ध दलहरुलाई गराएका छन्। तर लोसपालाई पनि गठबन्धन र सरकारमा सहभागी गराउनेबारे कुनै छलफल नभएको उनले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>