मनाेरञ्जन

अब ‘भुन्टी’ सिरियल टिभीमा पनि आउन थाल्यो

नेपाली सिरियल ‘भुन्टी’ टेलिभिजनमा पनि प्रसारणमा आउन थालेको छ ।

युट्युबमा लोभलाग्दो भ्युज पाउँदै आएको यो सिरियल मंगलबारदेखि कान्तिपुर टिभी एचडीमा प्रसारण हुन थालेको हो । सिरियलको पछिल्लो एपिसोड हिजो राती ९ बजेदेखि टेलिभिजनमा प्रसारण भयो। ९ः १० बजे युट्युबमा स्ट्रिमिङ गरियो । यसअघि सिरियल मंगलबार ८ बजे युट्युबमा प्रसारण हुने गरेको थियो । सिरियलकी निर्माता, निर्देशक एवं कलाकार आशा गौतमले एक भिडिओ सन्देश जारी गर्दै विकट गाउँका दर्शकलाई लक्षित गरेर टिभीमा पनि प्रसारणमा ल्याइएको बताएकी छन् ।

अब हरेक मंगलबार राती ९ बजे कान्तिपुर टिभी र त्यसको १० मिनेटपछि ‘सुकुमाया टिभी’ युट्युबमा प्रसारणमा आउने आशाले बताइन् । पारिवारिक कथामा निर्माण हुँदै आएको ‘भुन्टी’ सेन्टिमेन्टल सिरियल हो । यसको शीर्ष भूमिकामा आशा स्वयं देखिँदै आएकी छन् । साथमा शारदा गिरी, सुशील पोखरेल, सागर गौतम, विजय देउजा, हिउँवाला गौतम, सुवास गजुरेल, विनोद श्रेष्ठ, इन्द्रजित चौलागाईँलगायत कलाकारको अभिनय छ । आशा फिल्मस्को प्रस्तुति रहेको सिरियलको अहिलेसम्म २२३ भाग प्रसारणमा आएको छ ।

भुन्टी अहिलेको समयमा युट्युबमा सबभन्दा धेरै भ्युज पाउने सिरियल हो । यसले सातामै ५० लाख बढी दर्शक बटुल्ने गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>