मनाेरञ्जन

‘माग्ने राजा’को शीर्ष गीतमा माग्ने बुढा डनदेखि अन्तरीक्षयात्रीसम्म

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘माग्ने राजा’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा शीर्ष पात्रको रुपमा देखिएका केदार घिमिरेको थुप्रै ‘माग्ने राजा’ अवतार देखाइएको छ ।

‘म त सुतेर उठेको पैसामा’ बोलको गीतमा संगीत, शब्द र गायन बाबुल गिरीको छ । गम्भीर विष्टको नृत्य निर्देशन छ । सडकमा पोलेको मकै खाने, तरुनी घुमाउने, म्युजिक भिडियो खेल्ने, क्लब डिस्को जानेदेखि नासाको अन्तरीक्ष वैज्ञानिक बनेको जस्ता धेरै चरित्रमा उनलाई प्रस्तुत गरिएको छ । उनको साथमा विल्सनविक्रम राई पनि देखिएका छन् । गीतको अन्त्यमा पैसाको लागि कसैलाई दुःख दिन नहुने र पढ्ने बेलामा राम्रोसँग पढ्नुपर्ने सचेतना सन्देश पनि दिइएको छ ।

युट्युबमा सार्वजनिक गीत रमाइलो र सन्देशपरक देखिन्छ । दर्शकले पहिलोपटक केदारलाई भिन्न चरित्रमा देख्न पाउनेछन् । मधुसुधन शर्माको लगानी रहेको फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । पटकथा सामिप्य तिमल्सेनाको छ । भदौ ६ गतेदेखि प्रदर्शन तयारीमा रहेको यो फिल्म पारिश्रमिक विवादले समेत चर्चामा छ । निर्माताले ६१ लाख रुपैयाँ पारिश्रमिक दिएको बताएका थिए भने केदारले यो कुरालाई खण्डन गरिसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>