स्वास्थ्य

यी १० खानेकुरा खानुहोस् सधैं जवान देखिनुहुन्छ !

जब अनुहारमा हल्काफुल्का चाउरी र कपालमा हल्का सेतो देखिन सुरु भयो भने बुझ्नुहोस्, अब उमेरको दोस्रो चरणमा प्रवेश गरिसकिएको छ । यो त्यो चरण हो जसमा तपाईंलाई थप हेरविचारको आवश्यकता पर्छ । अब तपाईंलाई बिना कुनै हिच्किचाहट जे पनि खान सक्नुहुन्नँ । जस्तो कि एउटा उमेरपछि तपाईंलाई सनस्क्रिन लोसनको आवश्यकता पर्छ, त्यसै गरी राम्रो स्वास्थ्यका लागि व्यायाम र स्वस्थ खानपीनको आवश्यकता पर्छ ।

यो दोस्रो चरणमा तपाईंको डाइटको तपाईंको छालामा निकै धेरै प्रभाव पर्ने गर्छ । यदि तपाईंलाई जवान देखिन मन छ भने आफ्नो खान्कीलाई ध्यानमा राख्नुहोस् । यद्यपि, अहिलेसम्म यस्तो कुनै औषधी बनेको छैन जसले तपाईंको बुढ्यौली रोक्न सकोस् । केही विशेष कुराको नियमित सेवनले तपाईंले आफ्नो बढ्दो उमेरको गतीलाई स्लो बनाउन सक्नुहुन्छ । आउनुहोस्, आज त्यस्ता खानेकुराबारे जानकारी लिऔंः

होल ग्रेन्सः- होल ग्रेन्स फाइबरको एउटा राम्रो स्रोत हो । यसमा पाइने फाइबरले पाचन तन्त्रलाइृ दुरुस्त राख्न र कोलेस्ट्रोल, रक्तचाप र शरीर सुन्निन कम हुन्छ । यतिमात्रै होइन यसले रगतमा भएको सुगरको स्तरलाई नियन्त्रण गरेर मधुमेहको सम्भावना पनि कम गराउँछ । यसमा भएको बी–सिक्स र फोलेट तपाईंको मस्तिष्कलाई स्वस्थ राख्नका लागि महत्वपूर्ण छ ।

माछाः- यदि तपाईं मांसाहारी हुनुहुन्छ भने हप्तामा दुई पटक सेल्मन, मेकेरल र सार्डिनजस्ता माछालाई आफ्ना खानामा समावेश गर्नुहोस् किनभने यसमा ओमेगा–थ्री फ्याटी एसिड पाइन्छ । यो ओमेगा थ्री फ्याटी एसिड मुटुका लागि निकै स्वस्थबर्धक हुन्छ ।

जैतुनको तेलः- चिकित्सकका अनुसार रिफाइन्ड वा अन्य कुनै तेलको साटो यदि खानामा जैतुनको तेल प्रयोग गरिन्छ भने यसले तपाईंको तेललाई निकै फाइदा पुर्याउँछ । यसको सेवन गर्दा हाइपरटेन्सन र मधुमेहजस्तो रोग नियन्त्रण हुन्छ ।

दहीः- उमेर बढेसँगै हड्डी पनि कमजोर हुन थाल्छन् किनभने तपाईंको शरीरमा क्रमशः क्याल्सियमको कमी हुन थाल्छ । त्यसकारण यस्तो अवस्थामा तपाईं क्याल्सियमले भरपुर खानेकुरा जस्तै दुध, दही, पनिर आदिको सेवन गर्नुहोस् ।

रातो र सुन्तला रङका तरकारी तथा फलफूलः- खरबुजा, स्ट्रबेरी, गोलभेडा, रातो, पहेंलो क्याप्सिकमलगायतका फलफूल र सागसब्जीमा लाइकोपिन नामको एक प्राकृतिक तत्वले भरिपूर्ण हुन्छ । यो एक प्रकारको प्राकृतिक रसायन हो जसको सेवनले प्रोस्टेट क्यान्सर र फोक्सोको क्यान्सरलाई पनि रोक्न सहयोग गर्छ । अध्ययनमा पत्ता लागे अनुसार यो खाद्य पदार्थले तपाईंलाई स्ट्रोकबाट पनि बचाउन सक्छ ।

ब्रोकोलीः- ब्रोकोली र हरियो पात भएका सागसब्जी भिटामिन र एन्टीअक्सिडेन्टले भरिपूर्ण हुन्छ र यसमा फाइबरको मात्रा पनि अत्यधिक हुन्छ । यी सब्जीको सलाद र अन्य कुनै रुपमा सेवन गर्नु शरीरका लागि फाइदाजनक हुन्छ । यसको सेवनले मधुमेह, क्यान्सर र मुटु रोग आदिबाट शरीरलाई टाढा राख्छ । साथै, यसले तौल पनि नियन्यत्रण गर्छ ।

बदाम, काजु, ओखर, किसमिसः- सबै प्रकारका नट्सले तपाईंको छालालाई जवान बनाइराख्छ । बदाम, ओखर, काजु, किसमिस, पिस्ताजस्ता नट्समा बुढ्यौली कम गर्ने शक्ति हुन्छ । यसमा विशेष प्रकारको पोषक तत्व हुन्छ जसले उमेर सम्बन्धी मुटु रोग, स्ट्रोक, टाइप टु मधुमेह र कुनै क्यान्सरसम्म रोक्न मद्दत गर्नसक्छ । नट्सले तपाईंको दिमागको समेत रक्षा गर्छ ।

सख्खरखण्डः- सख्खरखण्डमा भरपुर मात्रामा बिटा क्यारोटिन हुन्छ जसले तपाईंको शरीरलाई भिटामिन ए प्रदान गर्छ । यो भिटामिन स्वस्थ दृष्टि र छालाका लागि महत्वपूर्ण छ । यसले तपाईंको प्रतिरोधी क्षमतालाई पनि बलियो राख्छ । तपाईंले एक मध्यम सख्खरखण्डमा जति भिटामिन ए पाउनुहुन्छ त्यो पाउन तपाईंले पाकेको २३ कप ब्रोकोली खानुपर्छ ।

मसलाः- यसले तपाईंको खानालाई स्वादिष्ट मात्रै बनाउने होइन, यसले तपाईंलाई स्वस्थ पनि राख्छ । वास्तवमा मसलामा एन्टिअक्सिडेन्ट हुन्छ जसले तपाईंलाई वर्षौंसम्म स्वस्थ रहन मद्दत गर्छ । उदाहरणका लागि लसनुले तपाईंको रक्त नलीलाई खुल्ला राख्न मद्दत गर्छ । दालचिनीले तपाईंलाई कोलेस्ट्रोल र ट्राइग्लिसराइड्स (रगतमा हुने बोसो) लाई कम गर्न मद्दत गर्छ । बेसारले तपाईंलाई अवसाद र अल्जाइमर रोगबाट बचाउन सक्छ । ताजा मसलाको प्रयोग गर्नुहोस् तर कुनै पनि सप्लिमेन्ट लिनुभन्दा अघि डाक्टरको सल्लाह लिनुहोस् ।

पानीः- जति–जति तपाईंको उमेर बढ्छ, तपाईंको शरीरमा त्यति नै पानीको कमी हुन थाल्छ । साथै तपाईंको प्यास पनि मेटिन थाल्छ । तसर्थ तपाईं कम पानी पिउन थाल्नुहुन्छ । पानी तपाईंको स्वास्थ्यका लागि थुप्रै प्रकारले आवश्यक छ । यसले तपाईंको जोर्नीलाई लचिलो बनाउँछ । तपाईंको शरीरको तापक्रमलाई नियन्त्रित गर्न मद्दत गर्छ र तपाईंको मनोदशालाई प्रभावित गर्छ । छालालाई हाइड्रेट राख्नका लागि कम्तीमा ८ गिलास पानी पिउनै पर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>