प्रदेशप्रदेश १समाचारस्थानीय

रौतामाई गाउँपालिका एमाले अध्यक्षमा केशव राई चयन

उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) उदयपुरको रौतामाई गाउँपालिका पार्टी नेतृत्वका लागि युवा नेता केशव राई सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न पालिका अधिवेशनबाट राई एमालेको साझा रोजाईमा परेका हुन् ।

पार्टीको रौतामाई गाउँपालिका कमिटीको अन्य पदाधिकारीहरु क्रमशः उपाध्यक्ष खिलराज राई, सचिव ललित मगर, उपसचिव देवीमाया दाहाल र चेतबहादुर थापा छानीएका छन् । १०औँ महाधिवेशनले रौतामाई गाउँपालिकाको लागि ७५ सदस्यीय नयाँ कमिटी गठन गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>