मनाेरञ्जन

प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन

एजेन्सी, २३ माघ। प्रशिद्ध भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको एजेन्सीले जनाएको छ। उनको ‘मल्टी अर्गान फेलर’का कारण निधन भएको हो।

एक महिनादेखि बिरामी परेकी मंगेशकरलाई केही दिन अगाडी मात्र अस्पताल भर्ना गरिएको थियो। उनलाई कोरोनाभाइरसको संक्रमण पछि निमानिया संक्रमण पनि देखिएको थियो । उनले आफ्नो जीवनकालमा ३६ भाषामा ३० हजारभन्दा बढीमा आवाज दिएकी छन् । साथै, उनले थुप्रै नेपाली गीत पनि गाएकी छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>