मनाेरञ्जन

कृपाको पोल्टामा ‘सारेगमप लिटल च्याम्प’को उपाधि

सारेगमप लिटल च्याम्प नेपालको पहिलो उपाधि झापाकी कृपा पौडेल जितेकी छन्। अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पारेकी पौडेलले उपाधिसँगै नगद १६ लाख जितेकी हुन्।

नेपालको सर्वाधिक चर्चित गायन रियालिटी शोको फस्ट रनरअप पनि झापाकी रोशा फुयाल, दोस्रो रनरअप भारत सिलगुडीका आदित्य विश्वकर्मा भएका छन्। पहिलो र दोस्रो रनरअपले क्रमशः सिद्धार्थ बैंकका तर्फबाट ४ लाख र ३ लाख प्राप्त गरेका छन्। नोवर्डी प्रोडक्सनले भारतको जी ग्रुपसँग फ्रेन्चाइजी लिएर नेपाल भित्र्याएको रियालिटी सोको अन्तिम प्रतिस्पर्धासम्म पुगेका पर्वतका अरुण परियार र भक्तपुरकी अविक्षा घिमिरेले पनि उत्कृष्ट पुरस्कार जितेका छन्।

कार्यक्रमको अन्तिम पाँच प्रतिस्पर्धीलाई ३/३ वटा गीत रेकर्ड तथा म्युजिक भिडियो, नेपालका साथै वर्ल्ड टुर तथा कक्षा १२ सम्मको अध्ययनको व्यवस्था आयोजकले मिलाउने छ। कार्यक्रमको डिजिटल र फिजिकल अडिसनमा देश विदेशका ३० हजार भन्दा बढी प्रतिस्पर्धी सहभागी भएका थिए। सहभागी मध्येबाट मेगा अडिसनमा छानिएका ६० जनाबाट ग्राण्ड अडिसनमा ३५ जना र ग्राण्ड प्रिमियरमा १५ जना पुगेका थिए। कार्यक्रमको निर्णायकमा न्ह्यु बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी थिए। त्यस्तै १५ जना चर्चित गायकगायिकाहरू पनि ग्रान्ड जुरीका रुपमा भूमिकामा थिए।

१६ वर्ष मुनिका बालबालिका मात्रै सहभागी हुन पाउने नेपालकै पहिलो रियालिटी विभिन्न चरणमा १८ हप्ता चलेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>