भिडियो
सागर लम्साल बले को ‘कहानी एकादेश’को सार्बजनिक

दिपक सापकोटाको शब्द तथा संगीतमा ‘कहानी एकादेश’को गीत सार्वजनिक भएको छ। गीतमा गायक निशान भट्टराईले स्वर दिएका छन्। दिपक आचार्यको निर्देशन रहेको छ।
प्रेम र विछोडको कथा बोकेको गीतको भिडियोमा कलाकारहरु सागर लम्साल बले, सुप्रिया खनाल, दिपक आचार्य, सन्देश लामिछाने, भावना आचार्य, शालिकराम भण्डारी, अर्जुन तिमिल्सिना र अयुव बास्तोलाको अभिनय छ। ‘सक्किगोनी’का हँसाउने कलाकार सागर लम्साल बलेले कहानी एकादेशको भिडियोमा मन छुने अभिनय गरेका छन्।




